रत्ननगर उद्योग वाणिज्य संघद्धारा हावाहुरी पीडितलाई राहत सामाग्री वितरण

चितवन २३ चैत । व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था रत्ननगर उद्योग बाणिज्य संघले बाराको फेटा गाउँपालिकाका हावाहुरी पीडित परिवारलाई राहत सामाग्री सहयोग गरेको छ । संघका अध्यक्ष राजाराम रेग्मीको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले वडा नं २ का ५० घरधुरीलाई राहत सामाग्री सहयोग गरेको हो । 

व्यवसायीहरुबाट रकम संकलन गरी करिब २ लाख रुपैया बराबरको सामाग्री सहयोग गरिएको संघका अध्यक्ष रेग्मीले बताए । संघले हावाहुरी प्रभावितलाई थाल, कचौरा, गिलास, लत्ताकपडा, गम्छा, स्टेशनरी, साबुन सरफ, मन्जन, ब्रस दालमोठ, वालटिन, मग लगायतका सामाग्री वितरण गरिएको हो । 

 

null

विपद्मा परेका नेपालीहरुलाई सान्त्वना दिन र उनीहरुको जीवनयापन सहज बनाउन आवश्यक सामाग्री सहयोग गरिएको महासचिव निराजन खनालले जानकारी दिए । हावाहुरी प्रभावितको अबस्था दयनीय रहेको भन्दै अध्यक्ष रेग्मीले विपद्को बेला एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु उसको कर्तव्य हुने बताए । 

राहत वितरणको लागि अध्यक्ष रेग्मीको नेतृत्वमा संघका पूर्व अध्यक्षहरु,पदाधिकारी तथा सदस्यहरु बारा पुगेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =