आठौँ राष्ट्रिय खेलकुद अन्तगर्त महिला क्रिकेट सेमिफाइनलमा प्रवेश

बैशाख ८, दाङ । आठौँ राष्ट्रिय खेलकुद अन्तर्ग लमहीमा भईरहेको महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, प्रदेश–१, प्रदेश–२ र एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेसँगै लिग चरणका खेल समाप्त भएको छ । 

 

नकआउट चरणकाका लागि भोलिबाट खेल सुरु हुने भएको छ । फाइनल प्रवेशका लागि भोलि एपीएफ क्लब र प्रदेश–२ तथा प्रदेश–१ र सुदूरपश्चिमबिच खेल हुनेछन्। 

null

आज सम्पन्न भएको खेलमा प्रदेश–३ लाई सुदूरपश्चिम प्रदेशले १९ रनले हराउँदै सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । टस जितेर पहिले व्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा पाँच विकेट गुमाउँदै १२७ रन बनाएका थिए । प्रदेश–३ ले १२८ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रेपनी १८ ओभरमा १०८ रनमात्रै बनाउन सफल भएको थियो । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *