मृतकको जग्गा कर्मचारीको मिलेमतोमा किर्ते गरी नामसारी

काठमाडौं, ११ वैशाख । मालपोतका कर्मचारीको मिलोमतोमा मृतकको जग्गा किर्ते गरेर नामसारी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृतकको नामको जग्गा नामासरी गरेको खुलेको हो । मृतकको नामको जग्गा किर्ते गरेर नामसारी गरेको खुलेपछि अख्तियारले मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँचविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

धरान नगरपालिका ११ को कित्ता नम्बर ३५ र ३६ का जग्गा धनी खगेन्द्रकुमारी गिरीको मृत्युपछि किर्ते गरी नामसारी गरिएको हो । उनको मृत्युपछि धरान १४ का कर्णबहादुर राईले खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाई आफ्नो नाममा नामसारी गरी बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको छ । हामी हकदारका नाममा नामसारी गर्न बाँकी रहेको भन्दै कर्णबहादुर राईको नाममा नामसारी गर्ने कार्यमा मालपोत कार्यालय, धरानका अधिकृत भट्टराईको संलग्नता रहेको अख्तियारको आरोप छ । 

null

किर्ते नामसारीमा मालपोत कार्यालयका तत्कालीन सुब्बा डिल्लीराम कोइराला, नापी कार्यालय धरानका तत्कालीन सर्वेक्षक योगेन्द्रप्रसाद यादव, खरिदार श्यामप्रसाद लोहार र किर्ते गर्ने कर्णबहादुर राई संलग्न भएको पाइएको छ । सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =