आसारामका छोरा नारायण पनि बलात्कार मुद्दामा दोषी ठहर
२०७६ वैशाख १४ गते

बैशाख १३, काठमाडौं । भारतीय धर्मगुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार भारतको सूरत जिल्लाको एक अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजायको फैसला सुनाएको छ ।
null
नारायण साईलाई सूरतकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो । महिला र उनकी बहिनीले पुलिसमा रिपोर्ट गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो ।
सूरतस्थित आसारामको आश्रममा रहँदै आएका नारायण साईले उनलाई कयौँ पटक यौन दुव्र्यवहार गरेको पीडित महिलाको आरोप छ ।
उनका पीता आसाराम पहिले नै एक बलात्कार मुद्दामा दोषी ठहर हुँदै आजीवन जेल सजाय भोगिरहेका छन् । ७७ वर्षीय धर्मगुरु आसाराममाथि सन् २०१३ मा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक वर्षअघि पक्राउ परेका थिए ।
२०७६ वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित








