ओपो एफ ११ प्रोमा पानारोमिक स्क्रिनको प्रयोग

चैत्र २६, काठमाडौं । ओपो एफसिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ ११ प्रोमा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुने बताइएको छ ।
एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फङ्सनका साथै नयाँ फोनमा एफनाइनको स्लिक ग्राडियण्ट डिजाइनका विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरु पनि उपलब्ध गरिने छ । सार्वजनिक हुने तयारीमा रहेको एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन् ।
null
‘सरलता नै परिस्कृतिकरणको उत्कृष्ट रुप हो’, दा भिन्चिले एक पटक भनेका थिए । यथाःसम्भव तरल र सुब्यवस्थितयी डिजाइन सहितको एफ ११ प्रोको बर्णणका लागि पनि यी शब्दको प्रयोग गर्न सकिन्छ ।
फोनलाई नोच रहित बनाउन तथा आकर्षक फुल स्क्रिनका लागि यसमा शानदार पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ । यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्छ ।
ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फङ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । ओपोको एफ ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ ।








