२० केजी गाँजासहित चार जना पक्राउ

 

चैत २५, धरान । सुनसरीको इलाका प्रहरी कार्यालय धरानले २० केजी गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले धरानको शिवधाराबाट ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई छुटाउनको लागि ५० हजार नगद सहित प्रहरीलाई घुस दिन खोजेपछि थप अर्का एक जना पनि पक्राउ परेका हुन् । 

null

पक्राउ पर्नेहरुमा ५० हजार रुपैयाँ घुस दिने विराटनगर महानगरपालिका १५ का ३६ वर्षीय सुरज कुमार शाह, धनकुटाको पाख्रिबास नगरपालिका–६ का ३५ वर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ शहिदभूमी गाउँपालिका–१ का २३ वर्षीय आइते भनिने मदन राई रहेका छन् । 

उनीहरुलाई धरानका विभिन्न स्थानबाट को१ह ६२५० नं को टेम्पोसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी समुन कुमार तिम्सिनाले जानकारी दीए । 

टेम्पो सहितलाई स्कर्टिङ गर्ने मोटरसाइकल चालक शहिदभुमी गाउँपालिका–३ स्थायी घर भइ हाल धरान –१७ बस्ने २३ बर्षीय विजय राई पनि पक्राउ परेका छन् ।मोटरसाइकल पछाडि बसेका अर्का व्यक्ति फरार भएको र उनको खोजी तीव्र भएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । सोही घटनामा गत शनिबार विशेष सुराकीको आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका विजय राईको मोबाइलमा निरन्तर फोनको घण्टी बजेपछि डिएसपी तिम्सिनाले प्रहरी जवानलाई रिसिभ गर्न लगाएर गाँजा लिएर आउने साथी भइ कुरा गर्न लगाएका थिए । 

फोनमा कुरा गरेपछि प्रहरीले साथी पक्राउ परेको र साथी छुटाउनको लागि एक लाख लिएर आउन भन्यो । तर सुरजसँग बोल्ने व्यक्ति इलाका प्रहरी कार्यालय धरानका प्रहरी थिए, सुरजले त्यो कुरा अलिकति पनि भेउ पाएनन् । साथीलाई छुटाउन भनेर ५० हजार रुपैयाँ सहित धरान आउने क्रममा प्रहरीकाे फन्दामा परेको हुन् उनी । 

५ लाख मूल्य बराबरको गाँजा १ केजीका दरले प्लाष्टिकमा प्याक गरिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । गाँजा प्रतिकेजी २५ हजार रुपैयाँ सम्म बिक्री हुने गर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *