अछाममा चट्याङले लागेर एकको मृत्यु, १० जना घाइते

अछाम, २६ चैत्र । पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति करिब ८ बजे परेको चट्याङबाट १६ वर्षीय जनक रावलको मृत्यु हो । घटनामा परी अन्य १० जना घाइते भएका छन् । 

 

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गोविन्द रावल र धर्म रावलको अवस्था गम्भीर रहेको जनाइएको छ । चट्याङमा परी मृत्यु भएका रावलको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । 

null

त्यस्तै, पुल्लेतोलामा गत माघ १२ मा पनि चट्याङले २२ वर्षीया धनादेवी रावलको मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *