फिल्म ‘अघोरी’को ट्रेलर रिलीज, प्रज्वल गिरीको डरलाग्दो रुप

काठमाडौं, २१ चैत्र । फिल्म ‘अघोरी’को अफिसियल ट्रेलर रिलीज भएको छ । भोमन कटुवालको निर्देशनमा बनेको फिल्मको निर्माण टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा अफिसियल ट्रेलर रिलिज गरेको हो ।
फिल्मको टिजर भरी कलाकार प्रज्वल गिरी छाएका छन् । उनको डरलाग्दो रुप र एक्सन टिजरमा देख्न सकिन्छ । टिजरसँगै चलचित्रको रिलिज डेट समेत सार्वजनिक गरिएको छ । वर्ष २०७६ को असोज १७ गते चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।
null
दिक्षा पाठक कार्यकारी निर्माता रहेको ‘अघोरी’ मा राजु कितारको द्धन्द, जीवन पराजुलीको छायांकन रहेको छ । राधादेवी कटुवाल प्रस्तुत चलचित्रमा दीपक शर्मा, ओम सुनार, सरोज कोइराला, सुमन राई र मदन वराइलीको संगीत रहेको छ ।
फिल्म Ocen Music प्रोडक्सनको ब्यानरमा बनेको हो । फिल्मको सम्पादनको काम सुवास देवकोटाले गरेका छन् । फिल्ममा प्रज्वल गिरी, सारदा राज्य लक्ष्मी शाह, उमेश खड्का, मुनम मल्ल ठकुरी, सुरवीर पण्डीत, सुशील पोखरेल, एमीन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।








