एन आई सी एशियाको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

बैशाख १०, काठमाडौं । छोटो समयमै बैकिङ क्षेत्रमा विस्वासिलो बैंक बन्न सफल एन आइ सी एशिया बैंकको नयाँ शाखा काठमाडौं तारकेश्वर नगरपालिका मनमैजुमा सञ्चालनमा आएको छ । 

आजबाट सञ्चालनमा आएको उक्त बैंकको शाखाकोे तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलले भव्य समारोहका बिच समुद्घाटन गरे । 

शाखाको उद्घाटन समारोहमा बोल्दै मेयर बोहराले काठमाडौं उपत्यका भित्र समेत बैकिङ्घ पहुँच कम भएको स्थान छानी बैंकले आम सर्वसाधारण सम्म बैकिङ्घ पहुँच वृद्दि गर्न खेलेको भुमिकाको प्रशंसा गरे । 

null

 

उक्त कार्यक्रममा बैंकका प्रादेशिक ३ प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याई रहेको जानकारी गराए । उनले एन आइ सी एशिया बैंक पनी, साथी पनी भन्ने नारा सार्थक बनाउन बैंक जनताका घरदैलोमा साथी बनेर आएको प्रष्ट्याए । 

हाल बैंकले मुलुकभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

करिब १५ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *