स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी गठन

काठमाडौँ, ८ वैशाख । स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी जिल्ला कार्य समिति गठन भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालको सुनसरी अध्यक्षमा इटहरीका पत्रकार खगेन्द्र कार्की चयन भएका छन् । इटहरीमा भएको पत्रकारहरूको भेलाले शनिबार कार्कीको अध्यक्षतामा ११ सदस्य रहँने गरि नयाँ कार्य समिति चयन गरेको छ ।
पत्रकारहरूको भेलामा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा बरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोलाले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन सकेमात्रै सत्य तथ्यखबर बाहिर आउने बताए । राजनीतिक दलसंग आस्था राख्ने तर स्वतन्त्र रूपमा पत्रकारीता गरिरहेका पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ नेपालले सुनसरीमा नयाँ कार्यसमिति चयन गरेको हो ।
null
संघको उपाध्यक्षमा अकवर अली, सचिवमा तेज बन, सह–सचिवमा टिका विक, कोषाध्यक्षमा महिला कोटाबाट छनौट गरेर मनोनित गर्ने भएको हुँदा पद रिक्त राखिएको छ । त्यस्तै संघको सदस्यमा शिसिर भट्टराइ छन् भने बाँकी ५ जना सदस्य मनोनीत गर्ने नव सचिव तेज बनले जनाएका छन ।
अधिवेशनले केन्द्रीय पार्षदमा चयन गरेको छ ।स्वतन्त्र पत्रकार संघ नेपाल २०६८ सालमा विधिवत रूपमा दर्ता भएको हो । हालसम्म २६ जिल्लामा शाखा गठन भएको संघको केन्द्रीय कार्यालय पोखरामा रहेको छ । स्वतन्त्र पत्रकार संघ नेपालको तेस्रो अधिवेशनले यहि बैशाख २१ र २२ गते संघको विधान संशोधन गरी स्वतन्त्र पत्रकार महासंघ नेपाल बनाउँने भएको छ ।
पत्रकारहरूकै भेलाले इटहरीका जेष्ठ एवम अग्रज पत्रकार संगै अधिवक्ता शालिग्राम पाण्डे , अग्रज पत्रकार मोहन ढकाल , सुनसरी धरानकी कृयाशिल महिला पत्रकार मनिता चाम्लिङ र दुहबीका कृयाशिल पत्रकार प्रेम गिरीलाइ केन्द्रिय पार्षदमा मनोनित गरिएको छ ।
सुनसरीमा पत्रकारहरूको संख्या दिन प्रतिदिन थपिदै गएको बिद्यमान अवस्थालाइ मध्यनजर गर्दै अधिकांस पत्रकारहरू राजनीतिक दलसंग आवद्ध रहि उनिहरूकै संगठन तर्फ केन्द्रित बनेपछि स्वतन्त्र रूपमा जो कुनै राजनीतिक दलहरूसंग आवद्ध नभइ स्वच्छ रूपमा काम गर्दै आएका पत्रकारहरूको हक हित तथा संरक्षणका निमित्त सुनसरीमा पनि स्वतन्त्र पत्रकारहरू छन भनेर देखाउन तथा पहिचान गराउन यो संघको स्थापना गरिएको स्वतन्त्र पत्रकार संघ नेपालका नव सचिव तेज बनले बताए ।
भेलामा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद वास्तोला र केन्द्रिय महासचिव नवराज पहाडीले नव निर्वा्चित पदाधिकारीहरूलाइ अविर टिका लगाएर स्वतन्त्र रूपमा पत्रकारीता गर्न शुभकामना सहित सुझाव दिएका थिए ।








