अवैध रुपमा भारततर्फ सुन लैजादैँ गर्दा पक्राउ

 

बैशाख २, बुटवल । रुपन्देही स्थित नेपाल भारत सीमानाका भारतको सुनौलीमा अवैध रुपमा सुन लुकाई छिपाई नेपालबाट भारत लैजादैँ गरेको अवस्थामा एक नेपाली युवक पक्राउ परेका छन् । 

स्कुटीमा सुन लिएर भारततर्फ जाँदै गर्दा उनी पक्राउ परेका थिए उनको साथबाट  एक किलो सुनको बिस्कुट फेला पारिएको छ । सशस्त्र सीमा सुरक्षा बल डण्डा हेडलेका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) वडा नम्बर ९ प्रभातपथका ३८ वर्षीय धनवन्त कुमार अग्रवाल रहेका छन् । 

null

भारतीय सीमा सुरक्षा बलले जनानकारी अनुसार पक्राउ परेका अग्रवाल माथी अनुसन्धान भईरहेको र आवश्यक कारवाहीको लागि नौतनवा कस्टम विभागमा पठाइएको छ । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *