जुम्लामा लालीगुराँस टिप्न रोक

 

चैत २५, जुम्ला । चन्दननाथ नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । 

जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध लगाइएको हो । वर्षेनी फूल हेर्नकै लागि पर्यट जाने हुँदा जथाभावी फूल टिप्दा लालीगुराँसको बोट नै संकटमा पर्ने हुनाले रोक लगाइएको ढाणथपला सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर सार्कीले बताए । 

null

‘गुराँस फुल्ने क्षेत्र सदरमुकाम खलङ्गादेखि झण्डै आधा घण्टाको दूरीमा पर्छ, आन्तरिक तथा बाह्य पर्यटक फूल हेर्न जान्छन्, चुँडेर लैजान्छन्’, उनले भने, ‘वर्षेनी फूल चुँडेर ल्याउँदा लालीगुराँसको बोट नै सङ्कटमा परेको छ, राष्ट्रिय फूल लालीगुराँसको अस्तित्व बचाउन पनि वन समिति कठोर बनेको हो ।’ 

उनका अनुसार फूल टिपेर सौन्दर्य बिग्रिन थालेको र लालीगुराँसले राताम्य हुने समयमै फूल टिपेर उजाड हुन थालेपछि बाध्य भएर वन समिति यो अभियानमा लागेको हो । 

उनले राष्ट्रिय फूल लालीगुराँसले वनको शोभा बढाइरहेको र फूल हेर्न जानेले फूल नै चुँडेर ल्याउन थालेपछि वन समितिले कसैले पनि फूल चुँड्न नपाउने गरी प्रतिबन्ध लगाएको बताए । गुराँसको फूल टिप्नेलाई हदैसम्मको कारवाही गरिने उनको चेतावनी छ । जिल्ला भित्रिने अतिथिलाई लालीगुराँसको माला लगाएर स्वागत गर्ने मान्यता छ । यो समयमा विद्यालयबाट भागेर भए पनि लालीगुराँस खेल्न बालबालिका जङ्गल पुग्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *