महिलाहरूले हावाहुरी पीडितलाई दिए खाना पकाउने भाँडा

 

चैत २६ चितवन । विश्व हिन्दु महासंघ नेपाल महिला समिति राप्ती नगरपालिका चितवनले बाराका हावाहुरी पीडित परिवारलाई खाना पकाउने भाँडा लगायत खाद्यान्न वितरण गरेको छ । 

भाँडाकुँडा नहुँदा खाना पकाउन समस्या रहेको जानकारी पश्चात् महासंघ महिला कमिटीले सहयोग संकलन गरी पीडितलाई आवश्यकता अनुसार भाँडाकुँडा प्रदान गरेको हो । 

null

बारा कलैया उपमहानगरपालिका १३ छोटी पुनवारीयाका ४० घरपरिवारलाई राहत स्वरुप भाँडा, चामल, चाउचाउ लगायतका सामान वितरण गरिएको विश्व हिन्दु महासंघ महिला कमिटी राप्तीकी अध्यक्ष अनिता खरेलले जानकारी दिइन् । 

त्यहाँका हावाहुरी पीडित अहिले त्रिपाल टाँगेर दिनरात बिताउन बाध्य छन् । राहत वितरणका लागि महासंघका पदाधिकारी र महिला कमिटीका पदाधिकारी तथा सदस्यहरु बारा पुगेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *