आगामी तीन दिनको मौसम: हावाहुरीसहित मेघ गर्जनको सम्भावना

काठमाडौं, ८ वैशाख । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्यांग हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै आज राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

 

यसैगरी भोलि सोमबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित वर्षाको सम्भावना छ । 

null

मंगलबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *