तीन डीएसपीको काज सरुवा, को–कहाँ ?

 

चैत २१, काठमाडौं । तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले तीनजना डीएसपीको काज सरुवा गरेको हो । 

सरुवा अनुसार इलाका प्रहरी कार्यालय चितवन टाँडीका इन्जार्जमा डीएसपी सन्तोष आचार्यलाई पठाइएको छ भने टाँडीमा कार्यरत डिएसपी दयानिधि ज्ञवालीलाई सरुवा गरी प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । 

null

यस्तै जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ भने पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्याललाई पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ । बाँकेमा कार्यरत राजेन्द्र प्रसाद अर्याललाई बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *