म्यानपावरको नाममा ठगी: पैसा फिर्ता माग्दा उल्टै मरणासन्न हुने गरी कुटपिट

 

चैत्र २६, विर्तामोड । वैदेशिक राेजगारीमा जाने तयारीमा जुटेका झापा गौरादह-२ का सावालाल ताजपुरिया दलालबाट ठगिएका छन् ।  

ताजपुरियालाई पायनियर ओवरसिज बिर्तामोड शाखाको एजेन्ट भएको भन्दै भद्रपुर ७ का खकन सरकारले ३ लाख रुपैंया ठगि गरेका हुन् । 

null

पीडित ताजपुरियाका अनुसार खकनले उनलाई वैदेशिक रोजगारका लागि  माल्दिभ्स पठाइदिने र उक्त देश जान करिब ३ लाख लाग्ने बताएका थिए । सोही बमोजिम पटक-पटक गरेर उक्त रकम खकनलाई दिएकाे ताजपुरियाकाे भनाइ छ ।  

दलालले भिजा र हवाईजहाजको टिकट आयो भनेपछि एयरपाेर्ट पुगेका ताजपुरिया विदेश जानबाट राेकिए । खकनले दिएको भिजा र टिकट नक्कली रहेकाे उनले एयरपाेर्ट पुगेर मात्रै थाहा पाए । गौरादहमा सुकुम्बासी बस्तीमा बस्ने ताजपुरीयाले उक्त रकम पनि ऋण गरेर ल्याएका थिए । 

उनलाई विमानस्थल सम्म लगेका खकन सम्पर्क बिहिन भएपछि केही दिनमा ताजपुरिया आफ्नाे घर फर्किए । घटनाबारे आफ्ना साथीभाई र आफन्तलाई भनेपछि केही युवाको सक्रियतामा खकन सरकारको खोजी कार्य सुरू भयो । खोजी गरेकाे केही दिनमा सरकार बिर्तामोडमा फेला परे । ताजपुरियाले आफ्नो पैसा माग्दा उल्टो मरणासन्न हुने गरी कुटाई समेत खानु परेको बताए । ‘मलाई विदेश लैजाने बाहानामा ठग्यो, पैसा माग्दा उल्टै मरणासन्न हुने गरि कुटपिट गर्यो,’ उनले भने । 

सरकारले अन्धाधुन्द ताजपुरियालाई कुटपिट गर्न थालेपछि स्थानियले सरकारलाई ईलाका प्रहरी कार्यालय अनारमोनिमा बुझाएका थिए। कुटाईबाट ताजपुरियाको नाकको डाडि भाँच्चिएकाे छ भने हातमा समेत स्टिल लगाउनुपर्ने भएको छ । ताजपुरिया हाल दमक स्थित लाईफ लाईन अस्पतालमा उपचाररत् छन्। ताजपुरिया भन्छन्, ‘पैसा त पाइएन उल्टो कुटाई समेत खानु पर्याे । म न्यायको लागि हजुरहरुको साथ माग्छु । प्रसाशनबाट पनि सहयोग पाइनँ ।’  

ताजपुरियाका बुबा भन्छन, ‘हामी सुकुम्बासी भएर बसिरहेका छाैं । छोराले पैसा कमाउँछ कि भन्ने लागेको थियो । अब कसरी तिर्ने ? आफू सरकारबाट ठगिएको निवेदन बोकेर ईप्रका बिर्तामोड पनि गयाैँ । तर त्यहाँ वैदेशिक ठगि सम्बन्धि आफूहरुले नहेर्ने भनेर निवेदन समेत नलिई प्रहरीले फर्काइदियाे ।’ 

जिल्ला प्रशासन कार्यालय झापा समेत गएकाे तर त्यहाँ पनि आफ्नो कुरालाई महत्व नदिएको ताजपुरियाको भनाइ छ। यस विषयमा ईलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरी कर्मचारीले आफूहरुले वैदेशिक ठगि नहेर्ने भएकाले निवेदन नलिएकाे बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *