कामले नै मानिसलाइ स्थापित र विस्थापित गराउँछः मन्त्री पण्डित

 

चैत्र २५, दुहवी ।  संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कामलेनै मानिसलाइ स्थापित र विस्थापित गराउँने  जनाएका छन । दुहवी स्थित दुहवी पार्टी प्यालेसमा सोमवार ३ महिने निशुल्क ब्रिक लेयर मेशन, टेलरिङ, इसिडिएफ तालिमको  समुद्घाटन गर्दै मन्त्री पण्डितले स्थानिय तहमा प्रशस्त बजेट पठाइएकोले रोजगारीको अवसर श्रृजना गर्ने उद्योग र निजि क्षेत्रलाइ प्रोत्साहन हुने काम गर्नुपर्ने जनाए । 

दुहवीका १०० यूवाहरुलाइ उत्साहित वनाउँदै मन्त्री पण्डितले सिप सिकेपछि आपसेआप रोजगार श्रृजना हुने भन्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने वताए । कार्यक्रममा शुभकामना मन्तव्य दिदैं मन्त्री पण्डितले तराइ मधेश समृद्धि योजना अन्तर्गत सुनसरीमा १० करोड भन्दा बढी वजेट विनियोजन गरिएकाले दुहवीलाइ समृद्ध बनाउनका लागि लगत स्टिमेट सहित प्रस्ताव पेश गर्न दुहवी नगर प्रमुखलाइ आव्हान गरे । 

null

 

मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगाका प्रचार्य डा.सुवासश्री पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मनमोहन स्मृति प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक गोवन्द गजुरेलले सिपमूलक तालिमको महत्वको वारेमा जानकारी दिएका थिए । प्रचार्य डा.सुवासश्री पोखरेलले फिजिकल फिटनेस सेन्टरकालागि दुहवी नगरपालिकाले दुहवी रंगशालाको छेवमा ५ कठ्ठा जग्गा मनमोहन स्मृति प्रतिष्ठानलाई उपलब्ध गराएको जानकारी दिदैं दुहवी नगर प्रमुखको खुलेरै प्रशंसा गरेका थिए । 

कार्यक्रममा दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले आर्थिक समृद्धिका लागि प्रविधियुक्त जनशक्ति उत्पादन गनुपर्नेमा जोड दिए । मेयर गच्छदारले शुभकामना मन्तव्य दिदैं तालिम प्राप्त दक्ष जनशक्तिलाइ स्थानिय उद्योग र निजि क्षेत्रमा रोजगार श्रृजना गरेर व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । नेपाल सरकारको वार्षिक कार्यक्रम मार्फत सामाजिक विकास मन्त्रालय १ नम्वर प्रदेश सरकारको संयोजन, प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) को सहयोगमा मनमोहन स्मृति पोलिटेक्निकद्वारा सञ्चालित तालिमको संयोजन दुहवी नगरपालिकाले गरेको छ । 

यस प्रकारको ३ महिने निशुल्क तालिममा दुहवीका साथै बिराटनगर र सुन्दर हरैचामा समेत २ सय यूवाहरुलाइ सहभागी गराएर सोमवारनै समुद्घाटन गरिएको मनमोहन स्मृति प्रतिष्ठानका सदस्य सत्यनारायण चौधरीले जानकारी दिएका छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *