रोटरीले बनाएको सार्वजनिक शौचालय हस्तान्तरण

 

चैत २४, चितवन । चितवनको वरण्डाभार जैविक मार्गको टिकौलीमा रोटरी क्लब अफ रत्ननगरले निर्माण गरेको सार्वजनिक शौचालय आइतबार हस्तान्तरण गरिएको छ । 

रोटरीले जैविक विविधता सूचना केन्द्रलाई सञ्चालनको जिम्मा दिने गरी सो शौचालय एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । 

null

कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका निर्वाचित अध्यक्ष एवम् निर्माण समिति संयोजक विपिन पोखरेलले केन्द्रका अध्यक्ष इश्वरी प्रसाद लामिछानेलाई सम्झौता पत्र र साँचो हस्तान्तरण गरे । 

करिब ५५ लाखको लागतमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष जनक पौडेलले बताए । रोटरीले आफ्ना सदस्यहरुबाट रकम संकलन गर्नुका साथै साविक जिल्ला विकास समिति, रत्ननगर नगरपालिका, रत्ननगर उद्योग वाणिज्य संघ ,साविकको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुर लगायत संघसंस्था तथा व्यक्तीहरुसँग सहयोग जुटाएर शौचालय निर्माण गरेको हो । 

शिलान्यास भएको ८ वर्षपछि निर्माण पूरा गरेर जैविक विविधता सूचना केन्द्र टिकौलीलाई शौचालय हस्तान्तरण गरिएको हो । शौचालय सञ्चालन पछि जैविक मार्गमा सवारी रोकेर शौच गर्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । 

रोटरीका निर्वाचित डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रममा रोटरीका अध्यक्ष जनक पौडेलले शौचालय निर्माणको आयव्यय विवरण सार्वजनिक गरेका थिए । 

सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण पौडेल, रोटरी क्लव अफ रत्ननगरका संस्थापक राजेन्द्र कुमार श्रेष्ठ, रमेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *