प्रेमिका भेट्न गएका किशोरको घाँटी रेटेर हत्या

महेन्द्रनगर, ३ वैशाख । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल बडायकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको छ । पाँच दिनदेखि बेपत्ता भएका सुविलको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सोमबार शव भेटिएको प्रहरीले जनाएको छ । कृष्णपुर नगरपालिका–७ स्थित उग्रतारा सामुदायिक वन छेउको नेउरा खोला किनारामा जमिनमा गाडेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले खोजतलास गर्ने क्रममा सोमबार बिहान कृष्णपुर नगरपालिका–७ बहुलीपट्टीमा बडायकले लगाएको टिसर्टमा रगत लागेको अवस्थामा भेटिएपछि प्रहरीले शंकास्पद दुईजना युवकलाई पक्राउ गरेको थियो । पक्राउ परेका युवकले नै शव गाडिएको स्थानका बारेमा जानकारी दिएपछि उक्त जङ्गलमा शव गाडिएको फेला परेको हो । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ का १८ वर्षीय अयोध्या राना र सोही ठाउँ बस्ने १७ वर्षीय प्रमोद राना रहेका छन् । 

अयोध्यालाई कैलालीबाट र प्रमोदलाई उनकै घरबाट प्रहरी पक्राउ गरेको हो । दुवैजनाले बडायकको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । टाउको र शरीर अलग गरिएको अवस्थामा शव गाडिएको भेटिएको हो । कृष्णपुर नगरपालिका–८ रैकवार बिचवा घर भएका १९ वर्षीय बडायक २८ गते स्थानीयको विवाहमा सहभागी हुन वडा नम्बर ७ मा आएका थिए । त्यहाँ उनी आफ्नी प्रेमिकालाई भेट्न पुगेको र सोही क्रममा दुई युवकले पहिले कुटपिट गरेको र त्यसपछि बन्चरोले घाँटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

null

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । हत्या गरेको स्वीकार गर्ने अयोध्या राना भने सुविलकी प्रेमिकाका पूर्व प्रेमी रहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । अयोध्या रानाकै प्रारम्भिक बयानबाट यस्तो खुलेको प्रहरीको भनाइ छ । मृतकको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =