नोबेलमा नयाँ विद्यार्थीलाई स्वागत

 

विराटनगर, २६ चैत । नोबेल मेडिकल कलेजमा अध्ययनका लागि आएका नयाँ विद्यार्थीलाईं स्वागत गरिएको छ । एमबीबीएस, बीडीएस र बिएस्सी नर्सिङ प्रथम बर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो । 

एमबीबीएस, वीडीएस र वीएस्सी नर्सिङ दोस्रो बर्षको आयोजनामा भएको कार्यक्रममा फुल, खादा र अविर लगाएर नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । नोबेलले हरेक बर्ष यसरी नै नयाँ विद्यार्थीलाई स्वागत गरिदै आएको छ । सोहि क्रममा ३÷३ जना उत्कृष्ट छात्र, छात्रा छनौट गरिएको छ । 

null

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै नोबेलका शैक्षिक कार्यक्रम संयोजक डिल्लिराम निरौला, जनसम्पर्क अधिकृत नारायण दाहाल लगायतले अध्ययनमा राम्रो मेहनत गर्न विद्यार्थीहरुलाई सुझाव दिए । 

 

यस पटक नोबेलमा एमबीबीएस प्रथम बर्षमा १ सय १ जना, बीडीएस प्रथम बर्षमा १६ र बिएस्सी नर्सिङ प्रथम बर्षमा २७ जना विद्यार्थी भर्ना भएका छन् । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिब २ हजार विद्यार्थी अध्ययनरत छन् । 

नोबेलमा पढाइ राम्रो हुने भन्दै नेपालका विभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *