भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीले प्रधानाध्यापकलाई दले कालोमोसो

 

चैत २१, चितवन । विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरुले प्राध्यापकलाई कालोमोसो दलेका छन् । 

३० दिनमा सकाउनुपर्ने कोर्ष झारा टारेर ४ दिनमै सकाएको भन्दै विद्यार्थीहरुले कृषि संकाय चितवनका प्रशासनिक सहायक डिन तथा प्राध्यापक ओझामाथि कालोमोसो दल्दै जुत्ताको माला लगाइदिएका हुन् । 

null

तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीहरुलाई एउटै सेक्सनमा राखेर पढाएको विद्यार्थीको आरोप छ । ‘३० दिनमा सकाउनुपर्ने कोर्ष ४ दिनमा सकाइएको छ, त्यो पनि २–२ घण्टाका दरले । छैटौं सत्रान्तको कोर्ष पनि ३ सेक्सनका विद्यार्थीलाई एउटै ठाउँमा राखेर पढाइएको छ । अनि प्राक्टिकल नम्बर पनि कम दिने गरिएको छ’, एक विद्यार्थीले आक्रोश पोखे । 

यसअघि विद्यार्थीले ओझाको क्रियाकलापका विषयमा प्रशासनलाई ध्यानाकर्षण गराएका थिए । तर प्रशासनले कुनै चासो नदिएपछि आफैंले कारवाही गर्नु परेको उनीहरुको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *