श्रीमती मधुसहित म्युजिक भिडियोमा देखा परे महानायक राजेश हमाल (भिडियोसहित)  

  

बैशाख ११, काठमाडौं । महानायक राजेश हमाल र श्रीमती मधु भट्टराई अभिनित ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । 

पछिल्लो समय चलचित्र दुनियाँबाट टाढा रहेका हमाल सुनिल ठकुरीको आवाज रहेको गीत ‘जिन्दगी’ मा श्रीमती मधुसहित देखा परेका हुन् । 

null

हीरा देवी श्रेष्ठको शब्द रहेको गीतमा गायक ठकुरीकै संगीत रहेको छ । उत्सव दहालले खिचेको म्युजिक भिडियोलाई विकास दहालले सम्पादन गरेका हुन् । 

चलचित्र ‘यगदेखि युगसम्म’ बाट चलचित्र क्षेत्रमा उदाएका चर्चित अभिनेता हमालले ३ दशक भन्दा बढी समय यसै क्षेत्रमा बिताइसकेका छन् । 

नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन उनको मुख्य भूमिका रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *