‘ए मेरो हजुर ३’ हेरेपछि भुवनले दिए यस्तो प्रतिक्रिया

 

बैशाख १३, काठमाडौं । आफ्नै ब्यानरको चलचित्र ‘ए मेरो हजुर ३’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नवनायिका सुहाना थापाले चौतर्फी प्रशंसा बटुलीरहेकी छिन् । 

यो डेब्यु चलचित्र भएपनि उनको आलोचना कतै सुनिएन । कतिपय निर्देशक तथा अभिनयमा पोख्त नायक–नायिकाहरुले उनको अभिनय डेब्यु नायिकाको जस्तो नभएको भन्दै खुलेर प्रशंसा गरिरहेका छन् । 

null

आफ्नै आमा झरना थापाको निर्देशनमा बनेको चलचित्रमा काम गरेकी सुहानाको सुपरस्टार तथा निर्देशक भुवन केसीले पनि प्रशंसा गर्न भ्याए । 

बिहीबार सुहाना र अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्र हेर्न बिगमुभिज पुगेका नायक भुवनले भने, ‘पहिलो चलचित्रमा झरनाले सुहानालाई जुन भूमिका दिएकी छिन्, त्यो निकै चुनौतिपुर्ण छ । त्यस्तो चुनौतिपूर्ण भूमिका पनि सुहानाले सहज रुपमा गरेकी छिन् । उनको अभिनय निकै राम्रो छ । सुहानाको यो पहिलो फिल्म भन्न मिल्दैन । सुहानाले इमोश्नल सिनमा सम्राजीको भन्दा राम्रो गरेकी छिन् ।’ 

सम्राजी शाहले भुवन केसीको चलचित्र ‘ड्रिम्स’ बाट डेब्यु गरेकी थिइन् । चलचित्रमा उनको जोडी थिए भुवनकै छोरा अनमोल । चलचित्रले राम्रै कलेक्सन गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =