पथरीमा प्रहरीले गोली चलायो

 

बैशाख १० विराटनगर । मोरङको पथरीमा स्थानीयवासीले प्रहरी प्रशासनमा ढुङ्गामुढा र नगरपालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । 

स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको हो । अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रीना बस्नेतको हत्यारा पत्ता लगाउन दबाब दिँदै स्थानीयवासीले आन्दोलन गरिरहेका छन्। 

null

मंगलबार पनि पथरी उद्योग वाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको छ । व्यवसायी रीनाको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै व्यवसायीहरुले बजार बन्द गरेका हुन् । 

निरन्तर श्रृङ्खलाबद्ध घटना हुँदा पनि स्थानिय प्रशासनले चासो नदिएपछि स्थानिय आन्दोलित बनेका हुन् ।  

गत शनिबार २९ वर्षीया रीना बस्नेत आफ्नै कोठा अगाडी निर्वस्त्र अवस्थामा सडकमा मृत फेला परेकी थिइन् । बस्नेतको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकाे छ । पोष्टमार्टमकाे रिपाेर्ट आउन बाँकी रहेकेा प्रहरीले जनाएकाे छ। बस्नेतका श्रीमान् रोजगारीका क्रममा विदेशमा रहेका छन्।मृतक रीना १४ वर्षीय छोरासँगै डेरामा बस्थिन्। उनले कस्मेटिक पसल सञ्चालन गरेकी थिइन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *