किसान भन्छन्, ‘हेमा मालिनीको तस्विर हाम्रो मेहनतको मजाक’
चैत २६, नयाँ दिल्ली । भारतमा चुनाव नजिकिँदै गर्दा नेताहरु जनताको मन जित्ने दौडधूपमा छन् । विभिन्न दलका नेता तथा उम्मेद्वारहरु जनतालाई विभिन्न आश्वासन दिँदै हिँडिरहेका छन् ।
बलिउड अभिनेत्री तथा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाकी सांसद हेमा मालिनी पनि अहिले यस्तै कार्यमा व्यस्त छिन् ।
null
केही दिन अघि उनले सार्वजनिक गरेका किसानसँगका तस्विरले पनि त्यही जनाउँछ । तर किसानले भने यसलाई आफ्नो मेहनतमाथि मजाक उडाइएको भन्दै गुनासो पोखेका छन् ।
राजधानी दिल्लीबाट केही दूरी पर रहेको दादरी क्षेत्रकी एक महिलाले हेमा मालिनीको तस्विर हेर्दै भनिन्, ‘फोटो खिचाउनु अलग काम हो, गहुँ काट्नु अलग काम हो । यो खेतबारीको सबैभन्दा भारी काम हो । यस्तो फोटो हाम्रो मेहनतको मजाक हो ।’
नेताहरु चुनावका बेलामात्र घर र खेतमा आएर मिठामिठा कुरा गर्ने तर काम नगर्ने भएका कारण आफूहरुलाई नेतामाथि विश्वास नलाग्ने किसानहरु बताउँछन् ।
किसानहरुसँगको फोटोहरु पोस्ट भएपछि हेमा मालिनीको ट्रोलहरु समेत बनेका छन्। उनी भोटको लागिमात्र त्यहाँ पुगेका भनेर आलोचना गरिएको छ।