रुद्र राम स्मृति प्रतिष्ठानद्धारा संकलित राहत पीडितको घरमै गई प्रदान

काठमाडौं, २४ चैत्र । गत चैत्र १७ गते बेलुका ७ बजे गएको हावाहुरीका कारण बारा र पर्सा जिल्लाका प्रभावित परिवारलाई रुद्र राम स्मृति प्रतिष्ठान धरानले राहत संकलन गरी वितरण गरेको छ । प्रतिष्ठानका संस्थापक संरक्षक बिश्वबन्धु ताम्रकार र अध्यक्ष सुचोचना ताम्रकारबाट नगद ४० हजार तथा संस्थाका अन्य सदस्यहरुबाट धरानमा नै संकलन गरेको ४ लाख बराबरको राहत बाराको कलैया उपमहानगरपालिका वडा नं १८ का स्थानीयहरुलाई प्रदान गरिएको हो । जहा एक जनाको मृत्यु भएको छ भने सबैभन्दा बढी बारा र पर्सा जिल्लामा सोही स्थानमा नै भएको गरिएको थियो ।
सो स्थानमा चमार समुदायका जो समाजिक रुपमा पछाडि परेका छन त्यस्ता र यादव समुदायका सयौ घरहरु रहेको छ । साथै, राहत सामाग्रीहरु धरानका बिभिन्न ब्यत्तित्वहरुबाट उठाईएको थियो । भने प्रतिष्ठानले ४ लाख बराबरको राहत रकम संकलन गरी आवश्यक सामाग्रीहरु खरीद गर्नुका साथै पीडितहरुको वारा जिल्लाको कलैया उपमाहनगरपालिकाका मेयर राजेश राय यादव र वडा नं १८ का वडा अध्यक्ष अम्बीका प्रसाद यादवको रोहबरमा प्रभावितहरुलाई बाडिएको थियो ।
null
संस्थाका अध्यक्ष सुलोचना ताम्रकारले दिएको जानकारी अनुसार राहत सामाग्रीमा चामल ५५० किलो,चिउरा २५० किलो,आलु ४०० किलो,तराकारी ४५० किलो,थाल गलिास र बटुका १००÷१०० थान फलफुलमा स्वाउ सुन्तला ५० कार्टुन,ब्रस,पेस्ट २१० थान,कापी,कलम २०० थान, नया लुगा कपाडा ७ पोका,जुत्ता ७ पोका, नुहाउने सावुन ५०० थान,सेनेटरी प्याड २ कार्टुन र लाल्टीन ३६ थान समाबेश गरिएको थियो ।
प्रतिष्ठानको ८ जनाको टोली र धरान वडा नं ६ का समाजसेवी रमेश राई,धरान र ईटहरीका चार जान पत्रकार मनिता चाम्लीङ राई, गोपाल कामत,सुप्रिया राई र रन्जना पौडेल सहितको १५ जनाको टोलिले राहत सामाग्री बितरण गरेको संस्थाका अध्यक्ष ताम्रकारले जानकारी दिनुभयो । कलैया उपमाहनगरपालिकाका मेयर राजेश राय यादव र वडा नं १८ का वडा अध्यक्ष अम्बीका प्रसाद यादवका अनुसार हावाहुरीबाट सबैभन्दा बढी प्रभावित बाराको फेटा गाउपालिकाको वडा न १८, ६ र १ मा अवस्था सामान्य भैनसके पनि आपतकालिन अवस्था भने छैन ।
त्यहा गास, बाँस र कपासको ब्यवस्था दिनानुदिन बढदै गईरहेको र राहतका लागी कुनै कमी नभएको जानकारी दिनुभएको छ । वडा अध्यक्ष यादवकाले अलिक बलियो तथा हावाहुरी पुग्न नसकेको क्षेत्रका पक्की घरबाहेक अन्य सबै घरहरु ध्वस्त छन् ।
घाइतेहरुको उपचार भई सामान्य अवस्था छ भने नेपाली सेनाले घर पिडितहरुको घर निर्माणको कार्यलाई अगाडि बढाएकोले केही समयमा नै प्रभाबितहरुलाई ब्यवस्थापन गर्न सकिने बताउनुभयो भने अर्काे तिर २ नं प्रदेशमा शनिबार बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेकोले सर्लाही,धनुषा, बारा, पर्साका लगायतका जिल्लाहरुमा हावाहुरी पीडितहरुको झन् विचल्ली हुने सम्भावना देखिने हुदा सम्बन्धीत निकायले राहत दिनेहरुको मात्रै भर नपरि यस्ता समस्यालाई समयमा नै किनारा लगाउनुपर्नै स्थानीय रामराज प्रसाद यादवको भनाई छ ।
उता एक साताअघि बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएकोे आँधीबेहरी सहित वर्षा हुनुका कारण टोर्नाडो भएको पुष्टि भएको छ । जसको गती प्रति घण्टा ५०÷५५ किलोमिटरको बेगमा हुने गरेको छ । सोही हुरी बारा र पर्सामा केबल २ मिनेट मात्रै आएको वाराका स्थानीयद्धय हरी बहादुर महतरा र सुबोध यादबको भनँई छ । मौसमविद्हरूको अध्ययन टोलीले घटनापछि गरेको अध्ययनबाट ठूलो रूपमा आएको आँधी बेहरी टोर्नाडो नै भएको निष्कर्ष निकालेका हुन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठ सहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलोपटक टोर्नाडो आएको पुष्टि गरेको हो । मौसमविद् श्रेष्ठका अनुसार टोर्नाडो आउदा आकाशबाट बादल सहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहा पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुदा यसले छोएका हरेक भौतिक वस्तु क्षेद बिक्षेद हुनुका साथै उखेलिन्छन् ।
सुरुमा आँधी बेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणालीको विकास हुदा टोर्नाडो बन्छ । मौसमविद् श्रेष्ठका अनुसार टोर्नाडो आउदा सुक्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जंदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुने गर्दछ । त्यसले फैलिएको आकारबाट खुम्चिँदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ । टोर्नाडो सिधा जमिनमा आउने तीव्र गतिको वायु हो । यो ४ सय किलोमिटर प्रतिघटाका दरले आउने गरेको बिज्ञहरुको भनँई छ ।
बारा र पर्सामा क्षति पुग्ने गरी आएको टोर्नाडो एक दशमलव ६ किलोमिटर चौडाइको भएको अध्ययनले देखाएको छ । यसको लम्बाइ एकीन गर्न नसकिए बताईएको छ । श्रेष्ठका अनुसार भूउपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १० मिटर उचाइबाट खिचेका तस्बिरको अध्ययन पश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको छ ।
यो भूउपग्रह हरेक पाच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । ‘फोटो हेर्दा जहा जहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहा त्यहाँका संरचना बिगार्दै आफनो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ,’ उनले भने, ‘टोर्नाडोले आफू हिड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको वडा नं १८ स्थित फेटा गाउपालिको मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्बिरमा प्रस्ट देखिन्छ ।’ टोर्नाडो हावाको गति र दिशामा आउने अवरोधका कारण उत्पन्न हुने गर्छ भने दुई प्रकारका हावा जुध्दा भुमरी परेर जमिनतर्फ जाने गर्छ । न्यूनचापीय क्षेत्रमा कम वायु प्रवाह हुने गरेकाले यो जमिनमा सिधै जाने गर्छ । यो विशेषगरी गर्मीयाममा हुने गर्दछ ।
विश्वका विभिन्न मुलुकमा आएको टोर्नाडोको अध्ययन गर्दा यो अपराह्नपछि मात्रै उत्पन्न हुने र जमिनमा आउने गरेको पाइएको छ । यो जमिनमा आउदा ठूलो संरचनाहरू नै ध्वस्त पार्ने गरी आउछ । दिउँसो ३ बजेदेखि राति ९ बजेको अवधिमा मात्रै यस्तो प्रकारको टोर्नाडो आउने गरेको पाइएको छ भने बाराको फेटा गाउमा भने बेलुका ठीक ७ बजे आएको स्थानीय राममती देवी मोतीको भनाई छ ।








