चितवनमा एकै परिवारका तीन सदस्यले गरे आत्महत्या

 

चैत २२, चितवन । चितवनमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । 

भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एकै परिवारका तीन सदस्यले आत्महत्या गरेका हुन् । 

null

घरभित्र आग्लो लगाएर अन्दाजी ३५ वर्षीया आमा माया आलेमगर, अन्दाजी १५ वर्षीय छोरी विनिता मगर र अन्दाजी १३ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्याललय चितवनले जानकारी दिएको छ । 

उनीहरुको चिया पसल रहेको र बिहान चिया खान आउने ग्राहकहरुले प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । 

उनीहरुको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ । 

मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौँमा कार्यरत रहेका छन्। आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *