मानसिक अवस्था कमजोर भएका लट्ठुराम कसरी पुगे म्यानमारको जेलमा

सिरहा, १४ वैशाख । सिरहा लक्ष्मीपुर पतारी, १ पिप्राका ४० वर्षीय लट्ठुराम मोची म्यानमारको जेलमा छन् । १६ महिनाअघि घरबाट एकाएक बेपत्ता भएका उनी भारतको बाटो हुँदै म्यानमार पुगेका थिए । अवैध रुपमा प्रवेश गरेको भन्दै म्यानमार प्रहरीले उनलाई जेलमा हालेको हो । 

भाउजू लीलादेवीले देवर लट्ठुरामको मानसिक अवस्था अनिल कमजोर भएको बताइन् । चार दाजुभाइमध्ये एक श्याम र कान्छा सुरज मोची छन् । मानसिक अवस्था कमजोर भएका लट्ठुराम घरमै रहँदा ज्यालादारीमा काम गर्थे । यो समाचार नयाँ पत्रिकामा सुरेन्द्रकुमार कामतीले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =