दीपकले घोषणा गरे ‘छ माया छपक्कै’

 

चैत २६, काठमाडौं । हास्य कलाकार, निर्देशक तथा अभिनेता दिपकराज गिरी र दिपाश्री निरौलाले फेरि नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । 

निर्माता रोहित अधिकारीसँगको सहकार्यमा नयाँ चलचित्र ‘छ माया छपक्कै’ निर्माण गर्न लागिएको निर्देशक दिपकराज गिरीले जानकारी दिए । 

null

चलचित्रमा दिपेन्द्र लामाको निर्देशन रहनेछ भने छायांकन हरी हुमागाईंले गर्नेछन् । बैशाखको दोस्रो साताबाट छायांकन सुरु गरिने फिल्मलाई दशैंमा रिलिज गरिनेछ । 

‘छ माया छपक्कै’ मा छक्का पञ्जाका सम्पूर्ण कलाकारहरु रहने जानकारी दिइएको छ । चलचित्रमा कुन अभिनेत्री हुन्छिन् भन्ने फिक्स भइसकेको छैन । 

वडा नम्बर छ, छक्का पञ्जाको को तीन वटा सिरिज बक्स अफिसमा हिट भएपछि दिपक–दिपाले बाहिरी ब्यानरको साझेदारीमा चलचित्र निर्माण गर्न लागेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *