बालिकालाई पैंसाकाे प्रलोभन देखाएर बलात्कार गर्ने पक्राउ

  

बैशाख ५, गुल्मी । गुल्मीमा पैसाको लोभ देखाएर १४ वर्षको बालिकालाई बलात्कार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका–५ मा बस्ने वर्ष ४५ का हनुमान भनिने समीर मिया रहेका छन् । उनले छत्रकोट गाउँपालिकाकी नाम नखुलाएकी वर्ष १४ की बालिकालाई ललाई फकाई पैंसाको प्रलोभन देखाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएका छन् । 

null

प्रहरी प्रमुख दीपक कुमार बस्नेतका अनुसार मियाले बुधबार मामाघरबाट आमासँगै फर्कि रहेकी बालिकालाई आमाकै सहमतिमा घर पुर्‍याईदिन्छु भनि मोटरसाईकलमा लगेर केही पर पुगेपछी ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनी बलात्कार गरेका थिए । 

मियालाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरि उनी बिरुद्धमा मुद्दा चलार्ईको प्रहरी प्रमुख बस्नेतले बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *