श्रीलंकाका चर्च र पाँचतारे होटलहरुमा एकाविहानै विस्फोट, ५२ को मृत्यु, सयौं घाइते

बैशाख ८, काठमाडौं । श्रीलंकाको राजधानीमा बम विस्फोट हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार बिहान चर्च र पाँचतारे होटलहरूमा बिस्फोट हुँदा ५२ को मृत्युसँगै तीन सय बढि घाइते भएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार स्थानीय समयअनुसार विहान पौने ९ बजेतिर कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटिया स्थित सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो । इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो चाडमध्येको एक चाड भएकोले सोहि चाडलाई लक्षित गरी श्रृंखलाबद्ध विस्फोट गराइएको हो ।
null
त्यहाँका दुई ओटा पाँचतारे होटलमा समेत एकै समय बिस्फोट गराइएको छ । राजधानी कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा बिस्फोट भएको थियो । श्रीलंकन प्रहरीका अनुसार विभिन्न ६ ठाउँमा एक साथ बिस्फोट भएको छ । बिस्फोटबाट परी ज्यान गुमाउने र घाइते हुनेमा विदेशी पर्यटक पनि रहेको बताइएको छ ।विस्फोटमा परी मृत्यु हुने र घाइतेको संख्या अझै बढ्दो छ । स्थानीय सञ्चार माध्यमका अनुसार घाइतेहरूकाे विभिन्न स्थानीय अस्पतालहरूमा उपचार भइरहेकाे छ ।








