हावाहुरीमा परी ज्यान गुमाएकाहरुको १३ औं पुण्यतिथिमा शोक मनाउने प्रदेश सरकारको घोषणा

 

चैत २४, जनकपुर । प्रदेश २ सरकारले बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएकाहरुको १३ औं पुण्यतिथिमा शोक मनाउने भएको छ । 

आइतबार बसेको प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले हावाहुरीबाट ज्यान गुमाएकाहरुको १३ औं पुण्यतिथिको दिन (३० गते) प्रादेशिक शोक मनाउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए । बारा–पर्सामा हावाहुरीले वितण्डा मच्चाएको आज एक हप्ता भएको छ । 

null

गत आइतबार साँझ आएको हावाहुरीमा परी बारा–पर्सामा २८ जनाको मृत्यु भएको थियो भने ६ सय बढी घाइते भएका थिए । त्यहाँका १ सय ४० घर क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त सबै घरहरु सरकारले ४ महिनाभित्र बनाइदिने घोषणा गरेको छ । 

तत्काललाई भने प्रदेश सरकारले प्रत्येक मृतक परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । 

यस्तै बैठकले १३ औं पुण्यतिथिका दिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतलाई बिहान ११ बजे २ मिनेट मृतकको आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण गर्न समेत आह्वान समेत गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *