हत्या भएको २१ वर्षपछी हत्यामा संलग्न एकलाई मृत्युदण्ड
२०७६ वैशाख १३ गते

बैशाख १२, अमेरिका । अमेरिकाको टेक्सास राज्यमा हत्या गरिएको २१ वर्षपछी हत्याका आरोप लागेको एक अभियुक्तलाई मृत्युदण्डको सजाय दिईएको छ भने अन्य दुईलाई जन्मकैदको सजाय दिईएको छ ।
हत्याको अभियुक्त जोन विलियम किङ नामका गोरा जातिका व्यक्तिलाई बुधबार साँझ घातक सुई प्रयोग गरेर मृत्युदण्ड को सजाय दिईएको हाे ।
null
अभियुक्त किङ र अन्य दुई गोरा जातिका व्यक्ति मिली जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका पुरुषलाई उनी कालाजाती भएका कारण सन् १९९८ को जुन महिनामा साङ्लोले बाँधेर ट्रकमा राखी टेक्सासको जेस्परस्थित सुनसान सडकमा घिसारेर विभत्स हत्या गरेको पुष्टी भएको छ ।
२०७६ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित








