हुरीपीडितलाई इक्यानको ५ लाख सहयोग

 

चैत २६, काठमाडौं । शैक्षिक परामर्श संघ (इक्यान) ले हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । 

इक्यानले हावाहुरीबाट पीडित बारा–पर्साका समुदायलाई इक्यानका सदस्यहरुबाट संकलित ५ लाख २ हजार पाँच सय ७६ रुपैयाँ सहयोग गरेको हो । 

null

संकलित सहयोग रकम मंगलबार बिहान जनकपुरधाम स्थित मुख्यमन्त्री निवास पुगी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतमार्फत् राहत कोषमा हस्तान्तरण गरिएको इक्यान महासचिव शेषराज भट्टराईले जानकारी दिए । 

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालको उपस्थितिमा इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, माहासचिव शेषराज भट्टराई, सह कोषाध्यक्ष निरुपमा महर्जन, सदस्य सुस्मा आचार्य र सुदन चौहानले उक्त रकमकाे चेक हस्तान्तरण गरेका हुन् । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्ना सदस्यहरुको सद्भावपूर्ण पहलकदमीको माध्यमबाट प्राकृतिक विपत्तिमा परेका नेपालीलाई उद्धार तथा आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ । 

गत आइतबार (चैत १७ गते) आएको भीषण हावाहुरीमा परी बारा–पर्सामा २८ जनाको मृत्यु भएको थियो भने ६ सय बढी घाइते भएका थिए । त्यहाँका १ हजार बढी घरहरु क्षतिग्रस्त छन् । क्षतिग्रस्त घरहरु सबै सरकारले ४ महिनाभित्र निर्माण गरिसक्ने घोषणा गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *