नदीले बगाएर बेपत्ता चर्मकार मृत अवस्थामा भेटीए
२०७५ चैत २० गते

चैत्र २९, विराटनगर । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ दुधकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका भरत चर्मकारको शव फेला परेको छ ।
थुलुङ दुधकोशी गाउँपालिका–४ का २५ वर्षिय चर्मकार सोमवार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए । नदीले बगाएर बेपत्ता भएका उनलाई प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा मंगलबार दुधकोशी गाउँपालिका–३ स्थित मैङखु बेँसीमा मृत अवस्थामा फेला पारेको जनाइएको छ । शवलाई पोष्टमार्टमका जिल्ला अस्पताल सोलुखुम्बु पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
null
२०७५ चैत २० गते
प्रतिक्रिया
सम्बन्धित








