लाजिम्पाटमा आगोमा निसासिएर एकको मृत्यु, २ जना घाइते
मकालु खबर
२०७५ चैत २२ गते
काठमाडौं, २२ चैत्र । लाजिम्पाटमा आगोमा निसासिएर एक जनाको मृत्यु भएको छ । भने, २ जना घाइते भएका छन् । लाजिम्पाटको नील सरस्वति चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको मृत्यु भएको हो ।
आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उनकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति १ बजेतिर घरमा आगो लागेको थियो । स्थानीयको प्रयासमा घरभित्रबाट चारजनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
null
भित्रि बाटो भएकोले आगो निभाउन बारुण यन्त्र लैजान कठिन भएको थियो । बारुण यन्त्र त्यहाँ पुग्दासम्म स्थानीयले आगो निभाइसकेका थिए ।
मकालु खबर
२०७५ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित