एन आई सी एशिया क्यापिटलको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान

चैत्र २९, काठमाडौं । एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ को अवसरमा ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सुरु गरेको छ । एन आइ सी एशियाले वर्ष २०७६ लाई नै ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान वर्षको रुपमा सञ्चालन गर्ने भएको छ ।  

व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको थालनी गरेको हो ।  

 

null

एन आई सी एशिया क्यापिटलले एक वर्ष भरी आम जनता माझ डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने छ ।  

त्यसका लागि अषाढ मसान्त सम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरिएकोे छ । सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने विश्वास लिईएको छ । 

एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय मर्चण्ट बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नविनतम सेवाको रुपमा स्थापना गर्ने कार्य गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *