एनआई सी बैंक र नेपाल क्यान्सर हस्पिटल बिच सम्झौता

 

बैशाख ४, काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल हरिसिद्घिबिच स्वास्थ्य सम्बन्धी बिभिन्न सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको छ । 

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पुर्ण ग्राहक वर्ग हरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने भनि सम्झौता भएको हो । 

null

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुखकार्यकारी अधिकृत  रोशनकुमार न्यौपाने  र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *