लुक्लामा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु (नामावलीसहित)

 

वैशाख १, काठमाडौं । लुक्लामा विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । 

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९ः२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा ३ जनाको मृत्यु भएको हो । 

null

विमानका सहचालक शेरा ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको दुर्घटनामा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । 

घाइते चेतबहादुर गुरुङ र शरद खड्कालाई उपचारका लागि काठमाडौंतर्फ ल्याइएको छ। उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

समिट एयरको कल साइन ९ एन एएमएच जहाज रनवेमा चिप्लिएर सुरूमा मनाङ एयरकाे हेलिकाेप्टर र त्यसपछि श्री एयरकाे हेलिकाेप्टरसँग ठाेक्किँदा दुर्घटना भएकाे हाे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *