ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको मृत्यु, ३ गम्भीर घाइते

 

                                                           फाइल फाेटाे 

चैत १७, काठमाडौं । ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । 

null

खोटाङको हलेसीबाट काठमाडौं जाँदै गरेको बा १६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका–७ स्थित भण्डारे खोलामा दुर्घटना हुँदा २ जना महिला र ४ जना पुरुषको मृत्यु भएको हो । 

जीप २ सय मिटर तल खसेको छ । दुर्घटनामा एकजना बच्चासहित ३ जना घाइते भएका छन् । घाइतेको दयपुरको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *