काठमाडौंमा तीन सय विद्युतीय बस भित्र्याउँदै सरकार

 

चैत २६, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले काठमाडौंमा थप ३ सय विद्युतीय यातायात ल्याउन लागेको बताएका छन् । 

बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले काठमाडौं उपत्यकामा ३ सय बस भित्र्याउन लागिएको जानकारी गराएका हुन् । 

null

नेपालको विद्युतीय यातायात प्रवद्र्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जीजीआईआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्नका लागि आयोजना गरिएको उक्त कार्यक्रममा यसबारे निर्णय प्रक्रिया अगाडी बढिसकेको स्पष्ट पार्दै उनले यसका लागि मन्त्रिपरिषद्ले आवश्यक निर्णय गर्ने बताए । 

मन्त्री बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

मन्त्री बस्नतेले सोमबारै नेपालमा जीजीजीआईको कार्यालयको उद्घाटनसमेत गरेका थिए । मन्त्री बस्नेतले जीजीजीआईसहित वातावरण संरक्षणका क्षेत्रमा सक्रिय संघसंस्थासँग सहकार्य बढाउन चाहेको उल्लेख गरे । 

जीजीजीआईसँगको सहकार्यलाई मन्त्री बस्नेतले नेपालको वातावरण क्षेत्रमा केही नयाँ कदमको महत्वपूर्ण थालनीका रुपमा लिएको उल्लेख गरेका थिए। उनले पर्वतीय अर्थतन्त्र र सामुद्रिक अर्थतन्त्रलाई जोड्न वातावरण संरक्षणका क्षेत्रमा काम गर्न आवश्यक रहेकोमा जोड दिए । 

कार्यक्रममा जीजीजीआईका महानिर्देशक फ्रान्क रिज्स्वेर्मन, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले कार्वन उत्सर्जन न्यूनीकरण गर्न र स्वच्छ वातावरण निर्माणका लागि विद्युतीय यातायातमा जानुपर्ने धारणा व्यक्त गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =