इक्यानको पिकनीक हावाहुरी पिडीतलाई, एकै दिन पाँच लाख उठ्यो

चैत्र २४, काठमाडौं । पिकनीक भन्ने वित्तिकै खाने, पिउने तथा मनोरञ्जन गर्ने बुझिन्छ । र, हाम्रो समाजमा अधिकांशले यसरी नै पिकनीक मनाउने गर्छन् । आजभन्दा २० वर्ष अघिसम्म गाउँघर तिर पिकनीक हैन बनभोज जाने प्रचलन थियो । पश्चिम नेपालका केहि ग्रामिण भेगमा वनभोज, वनभात खान जाने प्रचलन अझै छ । 

तर, पहिलेको जस्तो घरघरबाट चामल, नुन तेल, तरकारी, दुध, मसला, आलु संकलन गरेर भाँडा वर्तन सहित वनतिर जाने चलन भने लगभग हराई सकेको छ । स्कुलबाट वर्षको एक पटक पिकनीक लग्थे, तिहारमा देउसी भैलो खेलेको पैसा, सेल रोटी, चामल आदी बोकेर तीन घण्टा हिँडेर पिकनीक जान्थे । तिहारको देउसी भैलोकाे मैजाराे गर्न अहिले विभिन्न संस्थाहरुले पिकनीक जाने गरेका छन् । 

वर्षको एकदिन रमाइलो गर्नु साथी भाई, इष्टमित्र भेटघाट गर्नु, कुनै नयाँ ठाउँमा गएर खानपिन गर्नु, अवलोकन गर्नु नराम्रो पनि हैन । पिकनीकले एक अर्कामा आत्मीयता नै बढाउँछ । मानिसलाई रिफ्रेस बनाउँछ । 

null

पछिल्ला दिनहरुका पिकनीक बढि उच्छृंखल र तडक भडक भएको देखिइरहेको अवस्थामा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको यस पटकको पिकनीक फरक र अनुकरणीय देखियो । 

 

एक साता अघि २ नं. प्रदेशको बारा र पर्साका जनताले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नुपर्यो । २८ जनाको ज्यान लिने गरी आएको हावाहुरीले पाँच सय बढि घाइते तथा हज्जारौं जनता घरबार विहिन भएको अवस्थामा इक्यानले यस वर्षको पिकनिक कार्यक्रम बारा र पर्साका हावाहुरी पिडित समुदायलाई समर्पित गरेको छ । 

हिजो शनिबार थानकोट पात्लेवन रिसोर्टमा आयोजित पिकनीकमा खेम संग्रौलाले बारा र पर्साका हावाहुरीलाई सहयोग जुटाउन जसै आब्हान गरे । पिकनीकमा रमाउन आएका दर्जनौं ब्यक्तिहरुले संग्रौलाको उद्घोषलाई परर तालीले स्वागत गर्दै आ–आफ्नो हैसियत अनुसार सहयोगको घोषणा गरे । 

कमेडी स्वभावका संग्रौलाले पिकनीकमा आएका इक्यान सदस्यहरुको नाम कमेडी गर्दै लिन थालेपछि शैक्षिक परामर्श ब्यवसाथीहरुले आ–आफ्नो स्थानबाट हात उठाउँदै धमाधम सहयोग रकम घोषणा गर्न थाले । 

 

इक्यानका निवर्तमान अध्यक्ष तथा मेट्स एजुकेशनका प्रकाश पाण्डेले १० हजार सहयोग घोषणा गर्दा इक्यानकै प्रथम उपाध्यक्ष तथा कंगारु एजुकेशन फाउण्डेशनका महेश बाबु तिम्सिनाले हावाहुरी प्रभावित जनतालाई २० हजार सहयोगको घोषणा गरे । भिष्टा इन्टरनेशनल एजुकेशनका श्रीराम पौडेलले १० हजारको प्रतिबद्धता जनाए । लिंकन एजुकेशन कन्सल्टेन्सीका डाइरेक्टर अभिमान शर्माले २३ हजारको प्रतिबद्धता जनाउँदा इक्यानकै द्वितिय उपाध्यक्ष तथा काठमाडौं इन्फोसिसका राजेन्द्र रिजालले १० हजार घोषणा गरे । 

यता इक्यानका पूर्वअध्यक्ष व्रिलियन्ट एजुकेशनका राजेन्द्र बरालले पनि १५ हजारको प्रतिबद्धता जनाए । पिसफुल एजुकेशनकी निरुपमा मर्हजनले पनि १० हजार दिने बताइन् । मिरा एजुकेशन अष्ट्रेलियाले १५ हजारको प्रतिबद्धता जनाउँदा नोवेल एजुकेशन फाउण्डेशनबाट २१ हजार १ सय ११ को प्रतिबद्धता आयो । एन्ड्र्यु पौडेलको कदमात्र होचो, मन त शगरमाथा जस्तै रहेछ । ग्रेस इन्टरनेशलका तर्फबाट २५ हजार दिने प्रतिबद्धता जनाए । यता राइटपाथ करियर काउन्सेलिङका सिइओ फिलिप डिसीले पनि हावाहुरी पिडितको दुखःमा साथ दिँदै १० हजार दिने घोषणा गरे । 

 

एनआइसिसिकी सपना राजभण्डारी पनि के कम, उनले पनि २० हजार बोलिन् । न्यू नोवेल इन्टरनेशलका महेश कार्कीले ११ हजार घोषणा गर्दा कार्यक्रम सञ्चालक खेम संग्रौलाले पनि न्यूटन स्टडी काउन्सिलबाट १० हजार बोलिदिए । 

द नेक्स्ट एजुकेशनबाट १० हजार, ग्लोवल च्वाइसबाट ११ हजार १ सय ११, आकाशी जापनिज ल्याङवेजबाट ११ हजार १ सय ११ को प्रतिबद्धता घोषणा भयो । 

हावाहुरी पिडित परिवारलाई राहत दिने सवालमा इक्यान ललितपुर शाखा अध्यक्ष प्रकाश महतले ललितपुर कार्य समितिको तर्फबाट एक मुष्ट ८० हजार दिने घोषणा गरे । उनले सोमबार भित्र इक्यान कार्यालयमा चेक नै आउने बताए । कार्यक्रमका सिलसिलामा इक्यानका अध्यक्ष अष्ट्रेलिया भ्रमणमा भएकोले अध्यक्षबाट सहयोग घोषणा हुन नसकेपनि इक्यान स्रोतका अनुसार उनले ठूलै रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

 

पिकनीकमा आएका दर्जनौंले ५ हजार घोषणा गरेका छन् । पिकनीकमा करिब ५ लाख बराबरको प्रतिबद्धता आएको थियो । इक्यानले आर्थिक सहयोग संकलन गर्दै गर्दा कतिपय सदस्यहरुले अनुकरणीय काम गरेकोले सहयोग गर्ने बताउँदै उठेको रकम प्रधानमन्त्री राहत कोषबाट नभई आफैंले पिडीत क्षेत्रमा गएर वितरण गर्नुपर्ने बताएका थिए । ‘पिकनीकलाई सदुपयोग गर्दै सहयोग गठाइनु सकारात्मक कुरा हो, तर उठेको सहयोग सरकारलाई दिनुभन्दा आफैं सम्बन्धित क्षेत्रमा गएर वितरण गर्दा प्रभावकारी हुन्छ ।’ एक सदस्यले भने । 

विगतमा प्रधानमन्त्री कोषले प्रभावकारी रुपमा राहत वितरण नगर्दा आशंका उब्जिएको छ । 

पिकनीकमा आएकालाई मनोरञ्जन पनी होस भनेर विङ्गो खेलाइएको थियो । विङ्गोबाट संकलित रकम २७ हजार ५ सय पनी हावाहुरी पिडितलाई नै दिने भनियो । सोहि अनुसार विङ्गो विजेताहरुले पनि प्राप्त गरेको रकममा थप गरेर सहयोग गर्ने घोषणा गरे ।  

इक्यानले चाँडै संकलित सहयोग आफैंले हावाहुरी पिडितलाई पुर्याउने छ । 

इक्यानले आफ्ना सदस्यहरुबाट सहयोग जुटाएर सामाजिक क्षेत्रका सहयोग गरेको यो एउटा मात्र काम हैन । २०७२ सालको विनाशकारी भुकम्प होस् वा गत वर्ष तराईमा आएको बाढि पहिरो पिडीतलाई पनि इक्यानले ठूलो राहत वितरण गरेको थियो । शैक्षिक परामर्श ब्यवसायीहरुको सबैभन्दा ठूलो संगठनका रुपमा रहेको इक्यानले अरुबेला पनि मानवीय कार्यहरुलाई निरन्तरता दिँदै आएको छ । ‘ब्यवसायीक काम आफ्नो ठाउँमा छ, इक्यानले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा यस्ता अभियान चलाउँदै आइरहेको छ । यो पनी त्यसकै निरन्तरता हो ।’ इक्यानका द्वितिय उपाध्यक्ष देवीदास भट्टराईले बताए । 

 

देश दुखेको बेला, देशका जुनसुकै भूभागमा आइपरेको विपत्तिमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र साथ दिएमात्र हामीमा राष्ट्रियता जोगिन्छ । हामी कतिपय आफ्नो तथा आफ्ना परिवारको जन्मदीनमा केक काटेर लाखौं खर्च गर्दै मदिरा पार्टी गर्छौ । भोज गर्छौं । तर, त्यसलाई परिस्कृत गर्दै त्यस्ता अवसरमा खान नपाएकालाई एक छाक खाना दिने, लाउन नपाएका गरिब दुखीलाई एकसरो न्यानो कपडा मात्र दिए त्यो लाख खर्च गरेर मनाइएको पार्टी भन्दा ठूलो हुन्छ । 

आजकल हाम्रा बालबालिकाहरुमा मानवीय संवेदना समेत कम हुँदै गएको छ । अधिकांश बालबालिकाको दैनिकी स्कुल, घर, मोवाइल, टिभीमा ब्यतित हुँदा उनीहरुमा माया प्रेम, सद्भाव, नैतिकता हराउँदै गएको छ । अभिभावकले कम्तिमा ती बालबालिकाको जन्मदीनमा काट्ने केट पनी सामाजिक संघ संस्थाहरु जस्तै अनाथ बालबालिका आश्रम, बृद्धबृद्धा आश्रम, असहाय आश्रममा गएर उनीहरुसँग खुसीयाली साटे त्यसले बालबालिकालाई ठूलो शिक्षा दिन्छ । यस तर्फ हामी सबैले किन ध्यान नदिने ? 

फाेटाे इक्यान 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *