भिक्षु अश्वघोषको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

 

चैत २४, काठमाडौं । सरकारले भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले भिक्षु अश्वघोषलाई राष्ट्रिय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको हो । 

null

भिक्षु अश्वघोष महास्थविरको ९३ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार दिउँसो साढे १ बजे निधन भएको हो । 

भिक्षु अश्वघोषलाई प्रगतिशील र सक्रिय भिक्षुको रुपमा चिनिन्छ । चिनिया कम्युनिष्ट नेता माओत्सेतुङसंगको भेटबाट प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रियसभाका सदस्य थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *