डडेल्धुरामा बस दुर्घटना: ६ जनाको मृत्यु, २६ घाइते

डडेल्धुरा, ११ वैशाख । डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो । 

 

धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको बताएको छ । घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइँदैछ । बस सडकबाट १०० मिटर तल खसेको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =