जेसीजका अध्यक्ष शाहीको नेतृत्वमा हावाहुरि प्रभावित क्षेत्रमा जादै बर्दगोरियाका युवा

लोक देउवा, २३ चैत । बौनिया जेसीजका अध्यक्ष धिरज शाहीको नेतृत्वमा बारा र पर्सामा आयको विनासकारी हावाहुरिबाट प्रभावित क्षेत्रमा बर्दगोरिया गाउँपालिकाका युवा राहत सामाग्री सहित जाने भएका छन् । 

बुधबार बर्दगोरिया गाँउपालिकामा रहेका बौनिया जेसीज, सडकपुर बौनिया युवा क्लब र साईनिङ्ग स्टार युवा क्लब बर्दगोरिया ३ खैरेनिको अगुवामा संयुक्त रुपमा भएको राहात संकलन कार्यक्रमबाट संकलन भएको जिन्सि र नगदबाट जिन्सि सामाग्री खरिद गरेर प्रभावित क्षेत्रमा जाने तयारि भैरहेको बौनिया जेसीज वर्ष २०१९ का अध्यक्ष धिरज शाहीले बताए । 

 

null

बुधबार घोडाघोडी बहुमुखि क्याम्पस सुखड र बौनिया बजारमा भएको राहात संकलन बिहीबार बर्दगोरिया गाउँपालिका अन्तरगतको मुडा बजारमा भएको साईनिङ्ग स्टार युवा क्लबका अध्यक्ष मिलन ओलिले बताए । 

मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्र सहित भएको राहात संकलन कार्यमा घोडाघोडि बहुमुखि क्याम्पस सुखडका विज्ञधार्थिहरुले खाचा खर्चबाट सहयोग गर्दा बौनिया बजारका व्यापारीहरुले नगद सहित जिन्सि सामाग्रीहरु चाउचाउ, चामल, लुगा कपडा, पेन्सिल कपि लगायत सहयोग गरेका थिए । 

सो कार्यमा बर्दगोरिया गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनारले समेत नगद सहयोग गर्नु भएको थियो । सो क्रममा करिब ३४,४९२ नगद, २४१ प्याकेट चाउचाउ, ५० के जि दाल, १०० प्याकेट बिस्कुट, बच्चा कपडा १५ थान, सुट १६ थान, कपि १०० पिस, पेन्सिल १०० पिस, चिनि ५० केजि, चामल २ बोरा, ३५ पाईन्ट, १८ सर्ट,१० जोड चप्पल, १० हाप पाईन्ट र ३ थान ज्याकेट संकलन भएको सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन समावेसिले बताए । 

राहत सहित युवाहरु शुक्रबार प्रभावित क्षेत्रमा जाने बौनिया जेसीजका अध्यक्ष धिरज शाहीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =