हावाहुरीबाट ज्यान गुमाएका २४ जनाको पहिचान (नामावलीसहित)

 

चैत १८, काठमाडौँ । आइतबार साँझ आएको भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो जनधनको क्षति भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ । 

हावाहुरीमा परी बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् । त्यहाँको घरहरु पनि भत्किएका कारण मानिसहरुको बिचल्ली भएको छ । सरकारले राहत र उद्धार कार्य जारी राखेको छ । क्षतिको विवरण संकलन पनि भइरहेको छ । 

null

प्रहरीले सार्वजनिक गरेको साढे १० बजेसम्मको क्षतिको पछिल्लो विवरण अनुसार बारामा हावाहुरी तथा असिना पानीको कारण घर तथा ईट्टा भट्टाको चिम्नि भत्किएको छ । त्यहाँका विभिन्न स्थानमा २६ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइतेहरुको उद्धार गरिएको छ । 

हाल वीरगञ्ज अस्पचालमा ११६ जना, नेश्नल मेडिकल कलेज वीरगञ्जमा १०० जना, वीरगञ्ज हेल्थ केयरमा ३८ जना र गण्डक अस्पताल वीरगञ्जमा २८ जना गरी २८२ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुबाट प्रहरी टोली, सशस्त्र प्रहरी र सेना परिचालन भई उद्धार कार्य भईरहेको पनि प्रहरीले जानकारी दिएको छ । 

२६ मृतकमध्य २३ जनाको सनाखत भइसकेको छ भने ३ जनाको सनाखत हुन सकेको छैन । 

यस्तै पर्साको वीरगञ्ज उपमहानगरपालिका–१२ गण्डकस्थित त्रिशक्ति सिमेन्ट कारखाना अगाडीको बिजुलीको पोल ढल्न गई हेटौंडाबाट वीरगञ्ज आउँदै गरेको ना ६ ख ९३६० नं.को बसमा पर्न जाँदा बसमा सवार ६ जना पुरुष व्यक्तिहरु घाइते भएका छन् । एक जनाको भने उपचारका क्रममा मृत्यु भएको छ । 

बारा र पर्सा दुवै जिल्लामा गरेर २७ जनाको मृत्यु भएको हो । घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । हाल उनीहरु त्रिवि शिक्षण अस्पचाल महाराजगञ्जमा उपचाररत छन् । 

मृतकहरूको नाम र ठेगानाःफेटा गाउँपालिका–बारा१.हरिनारायण दास(५५)२. मनोरमा देवी (४५)३.रुनि देवी (२४)४.नन्द पटेल५.रुबी खातुन (१२)६. गढीमा देवी(५०)७. बबिमा खातुन (२५)८. मुस्तकिमा खातुन (५०)९. मिना खातुन(२५)१०. नोक्सा मियाँ (११)११. अलिसा खातुन (३)१२. सकिया खातुन (४०)१३. सम्सिधा खातुन (१२)१४. सबनम खातुन (१८)प्रसौनी गाँउपालिका–बारा१. अच्छलाल माझी (५५)सुवर्णपुर गाउँपालिका–बारा१. तरिफा खातुन (३०)२. श्रीप्रसाद यादव (६५)प्रसौनी गाँउपालिकाका–बारा१. अच्छलाल माझी (५५)महागढीमाइ नगरपालिका–बारा१. कोइरी देवी (७५),पर्सा १. भवानीपुर राम माझी (४५)२. सुरज माझी(४)भारत१. कालुपक्कर राजेश मुखिया (२२) (मोतिहारी)२. बोक्ता अवधेश पासवान(२३) (सितामढी)३. राधे लाढि (४१) (उत्तरप्रदेश बरैली लालगञ्ज) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *