एनआईसी एशिया बैंकको थप ३ नयाँ शाखा उद्घाटन

 

बैशाख १२, काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्सा जिल्लाको जगरनाथपुुुरमा १ गरि ३ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । 

ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले बिहीबार ३ शाखा उद्घाटन गरेको हो । 

null

मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुरस्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडाध्यक्ष अमृत मान श्रेष्ठले, चागुँनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुरस्थित दुवाकोट शाखाको सोहि वडाका वडाध्यक्ष शिव हरि के.सी तथा पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं. ४ पर्सा स्थित जगरनाथपुुुर शाखाको जगरनाथपुुुर गाउँपालिका अध्यक्ष जालिम मियाँले उद्घाटन गरे । 

बैंकले हाल मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको नायब प्रमुख सुचना अधिकृत अर्जुन राजखनियाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =