खुकुरी देखाएर मनी ट्रान्सफरबाट साढे ३ लाख लुटियो

 

                                                    सांकेतिक तस्विर 

चैत २६, काठमाडौं । काठमाडौंको बौद्धमा रहेको पाथीभरा मनि ट्रान्सफरबाट साढे ३ लाख रुपैयाँ लुटिएको छ । 

null

मंगलबार बिहान मोटरसाइकलमा आएका तीन जना युवाले खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । 

मनी चेन्जरका संचालक रवि श्रेष्ठले नबिल बैंकको शाखाबाट रकम झिकेर मनी ट्रान्सफरमाभित्र लैजाँदै गर्दा लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

फरार रहेका लुटेराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *