रिल लाईफमा पनि जम्ने भो निश्चल–स्वस्तिमाको जोडी, याे चलचित्रमा देखिँदैछन् एकसाथ

 

बैशाख ११, काठमाडौं । राष्ट्रिय दाई–भाउजुको नामले चिनिएको निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई चलचित्रमा एकसाथ देख्न पाइने भएको छ । 

यो जोडीलाई एउटै पर्दामा देख्ने प्रतिक्षामा रहेका दर्शकले चलचित्र ‘घामट शेरे’ मा देख्न पाउने छन् । 

null

सो चलचित्रको सोमबारदेखि नै छायांकन सुरु गरि सकिएको छ । 

चलचित्रको सुटिङ्ग करिब एक महिना सुर्खेतमा हुने र बाँकी सूटिङ्ग काठमाडौंमै गरिने निर्माण टिमले जानकारी दिएको छ । 

निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको चलचित्रका निर्देशक हेमराज विसी हुन् । 

पछिल्लो समय स्वस्तिामा मोडलिङमा सक्रिय छिन् । उनी अभिनित चलचित्र र गीतका भिडियोहरु दर्शकहरुले निकै रुचाएका छन् । चलचित्र ‘२ रुपैयाँ’ को गीत ‘कुटुमा कुटु सुपारी दाना’ बाट चर्चामा आएकी स्वस्तिमाको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा २’, ‘बुलबुल’, ‘जय भोले’ लगायतले बक्स अफिसमा राम्रै सफलता हात पारेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 6 =