राजनीतिक नेतृत्व सँगै देश निर्माणमा अग्रसर हुनुपर्नेमा जोड

चैत्र ३०, उदयपुर । नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रिय सदस्य तथा महिला अधिकारवादी नेतृ चौधरीले थारु समुदायलाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा अगाडी बढाउन आवश्यक रहेको बताएकी छिन् । 

प्रगतिशिल थारू समाज उदयपुरको आयोजनामा भएको २ दिने आदिवासी थारूको राजनीतिक अवस्था तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको दोस्रो दिन भएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ चौधरीले सांस्कृतिक रुपले सम्पन्न थारु समुदायलाई राजनीतिक तहमा अधिकार स्थापित गराउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने साथै थारु समुदाय पनि नेतृत्व तहमा पुग्न आफुलाई सक्षम बनाउँदै जानु पर्ने बताइन् । 

 

null

‘सामाजिक, आर्थिक संगै राजनीतिक रुपमा थारु समुदाय अगाडी आउनका लागि सक्षम हुन आवश्यक छ, त्यसका लागि थारु युवा तथा अगुवाहरु सक्रिय हुनुपर्छ ।’ पूर्वराज्य मन्त्री समेत रहेकी नेतृ चौधरीले बताइन् । 

उनले मुलुकको हरेक राजनीतिक परिवर्तनमा थारु समुदायले योगदान दिएको स्मरण गर्दै अब देश र समाज निर्माणमा समेत थारु समुदायले काम गर्नुपर्ने बताइन् । 

नेतृत्व विकास प्रशिक्षणको उद्घाटन सत्रका प्रमुख अतिथि नेकपाका सांसद अमनलाल मोदी रहेका थिए । 

 

कार्यक्रममा नेकपाका अग्रज थारू ब्यक्तित्व बच्चु लाल चौधरी, सिताराम चौधरी, धनिराम चौधरी, हरि लाल चौधरी, भगवानि प्रसाद चौधरी र लक्ष्मी नारायण चौधरी लाई प्रमाण पत्र तथा दोस्ल्ला ओढाई सम्मान गरिएको थियो । 

प्रशिक्षणको पहिलो दिन सांसद अमन लाल मोदी, नेकपा के. स. तथा त्रिनपा मेयर बलदेव चौधरी र श्यामानन्द चौधरीले प्रशिक्षण दिएका थिए । भने, दोस्रो दिने नेकपा सचेतक तथा पुर्व सांसदद्वय शान्ता चौधरी, पुर्व शहरी विकास राज्य मन्त्रि मन्जु कुमारी चौधरी र वरिष्ट ट्रेनर दुर्गा नन्द चौधरीले समेत प्रशिक्षण दिएका थिए । 

कार्यक्रमको सभाध्यक्ष प्रगतिशिल थारू समाजका संयोजक श्यामानन्द चौधरीले गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रममा १५० जना भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *